Sagun Khabar
बैतडीको सुर्नयामा डिजे वितरण पछि जनप्रतिनिधिहरुको चर्काे आलोचना

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाकाले महिला समूहहरुलाई डिजे वितरण गरेपछि जनप्रतिनिधिहरुको  आलोचना भइरहेको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर  बनाउन छाडेर  डिजेर बाँडेर बजेट सक्ने  काम गरेको  भन्दै अहिले जनप्रतिनिधिहरुको चर्काे आलोचना भैरहेको  हो ।

यति बेला सुर्नयाका जनप्रतिनिधिहरुको सामाजिक सञ्जाल मार्फत आलोचना भइरहेको छ  । महिलाहरुलाई  सीप सिकाउन छाडेर डिजे दिएर बजेट सक्ने काम गरेको युवाहरुको आरोप छ। डिजे वितरण कार्यक्रमबाट जनप्रतिनिधिहरुले तालि भन्दा गाली  बढी खाएका छन् । 

गाउँपालिकाले पालिकाका प्रत्येक वडामा दुई÷दुई लाख रकमका डिजे, कुर्सी लगायतका सामान बाँडेको छ । वडाहरुमा वडा सञ्जाल तथा महिला समूहहरु गठन गरिएका र तीनै समूहका महिलाहरुले माग गरे अनुसार  डिजे वितरण गरिएको पालिकाले  जनाएको  छ । 

स्थानीयहरु पालिका समृद्ध गर्न  भन्दा जनप्रतिनिधि बजेट स्वाहा गर्न  तम्सेका भन्दै  आक्रोसित भएका छन् ।  डिजे वितरण गरिएका  तस्बिर फेसबुकमा पोष्ट गरेर  पालिका भित्रका युवाहरुले डिजे वितरण कार्यक्रमको  विरोध गरेका छन् ।
महिलाहरुले तीज, गौरा पर्वका साथै विवाह, व्रतबन्धका लागि पनि आवश्यक रहेको भन्दै डिजे, कुर्सी माग गरे पछि  खरिद गरेर वितरण गरिएका जनप्रतिनिधिहरुको  भनाई  छ ।

राम्रा राम्रा कार्यक्रम सञ्चालान गरेर  गाउँपालिकालाई   विकास र समृद्धिको दिशामा लैजानु भन्दा अनावश्यक कार्यक्रम गरेर  बजेट सक्ने काम भैरहेको युवाहरुको  भनाई  छ । यता गाउँपालिकाका जनप्रतिनिधिहरुले पालिकालाई समृद्ध बनाउन लागि परेका दाबी गरेका छन् । आफुहरु  पालिकाबासीहरुको  माग र  आवश्यकताको  आधारमा विकासमा जुटेका उनिहरुको  भनाई छ ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update