Sagun Khabar
कलिलै उमेरमा अस्ताए बैतडीका सुरज 

बैतडी- बैतडीका एक किशोर कलिलै उमेरमा अस्ताएका छन् । जिल्लाको  पाटन नगरपालिका ४ घर भएका १८ वर्षिय सुरज महराको कलिलै उमेरमा  मंगलबार निधन भएको  हो ।

पारिवारिक स्रोतका अनुसार सुरज विगत केही महिनादेखि छाला सम्बन्धी रोगबाट पीडित थिए । २ महिनादेखि काठमाडौंमा उपचार गराइरेका महराको  मंगलबार एक्कासि  मृत्यु भएको बताइएको  छ ।

महरा पाटन नगरपालिका ६ स्थित कृष्ण मावि पाटनको डिप्लोमा तह पाचौं सेमेष्टरमा अध्ययनरत थिए । सबैका प्रिय महराको निधनले घरपरिवार, आफन्त, शिक्षक, साथिभाई अहिले   शोकमग्न भएका छन् ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update