नेपाल शिक्षक संघ बैतडीका पूर्व अध्यक्ष पन्तको १३ औँ पुण्य तिथिमा शोक सभा
बैतडी- नेपाल शिक्षक संघ बैतडीका पूर्व अध्यक्ष कृष्णदत्त पन्तको १३ औँ पुण्य तिथिमा शोक सभा गरिएको छ । नेपाल शिक्षक संघ मेलौली नगर समितिको आयोजनामा मंगलबार शोक सभा गरिएको हो । .
पन्तको तस्बिरमा माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण गरेर शोक सभा गरिएको मणिलेक मावि काँडाका शिक्षक अर्जुन कुँवरले बताए । नेपाली काँग्रेस बैतडी उपसभापति बिर बहादुर विष्टको प्रमुख आतिथ्यतामा शोक सभा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
लामो समय बैतडीमा शिक्षण पेशामा बिताएका पन्त को यहि असार ७ गते कञ्चनपुरमा निधन भएको थियो । बैतडीको मेलौली नगरपालिका ५ पुख्र्यौली घर भएका पन्तको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको छ । ४० बर्षसम्म शिक्षण पेशामा आवद्ध रहेका पन्त नेपाल शिक्षक संघको केन्द्रीय सदस्य समेत बनेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १९:५५
प्रतिक्रिया दिनुहोस्




