Sagun Khabar
बैतडीका शिक्षक विष्टको हत्यामा  संलग्न  दम्पतीलाई जन्मकैद 

बैतडी- बैतडीमा एक दम्पतीलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्लाको  पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न दम्पतीलाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको हो ।

शिक्षक विष्टको हत्यामा संलग्न पुर्चौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती बिमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई  जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो ।

प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ ९२० बमोजिम जन्मकैद र  मतियार देखिएकी विमलालाई  अपराधसंहिता २०७४ को दफा ३६ ९३० ख बमोजिम छ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए । 

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रवास पछाडि मृत अवस्थामा भेटिएका थिए ।  शिक्षक विष्टको हत्यामा संलग्न   रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update