Sagun Khabar
नागरिकता सिफारिशका बिषयमा बैतडी प्रशासनको स्थानीय तहहरुलाई परिपत्र 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले नेपाली नागरिकताको प्रमाण पत्रका लागि सिफारिश गर्दा आवश्यक पर्ने कुराहरु उल्लेख गर्दै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । 

नागरिकता ऐन (पहिलो संशोधन २०७९) अनुसार नागरिकता प्रदान गर्दा आवश्यक कागजपत्रहरुको सूचीसहित स्थानीय तहहरुलाई परिपत्र गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । 

नागरिकता सिफारिश गर्दा आवश्यक पर्ने कागजातहरुको १२ बुँदे सूचीसहित सबै स्थानीय तहहरुलाई परिपत्र गरिएको हो । स्थानीय तहहरुमार्फत सबै वडा कार्यालयले जानकारी गराउन प्रशासनका तर्फबाट परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

नागरिकता सिफारिश गर्दा आवश्यक पर्ने सबै कागजातहरु राखेर मात्रै सिफारिश गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आवश्यक कागजात पूरा नहुँदा नागरिकता वितरण नहुने भएकाले कागजात पूरा गरेर मात्रै आउन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको हो । 

DAO1688386737.jpg

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update