Sagun Khabar
अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु 

बैतडी – लगातारको बर्षाका कारण बेलाबेला अवरुद्ध भइरहने जयपृथ्वी राजमार्ग सुचारु भएको छ । सडकमा खसेको पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग सोमबार बिहानदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

बर्षाका कारण राजमार्ग अन्तर्गत बैतडीको ज्यापुमा ठूलो ढुंगा खसेपछि गएरातिदेखि राजमार्ग अवरुद्ध बनेको थियो । सडकमा खसेको ढुंगा हटाएपछि राजमार्ग सुचारु भएको प्रहरी निरीक्षक जोशीले बताए । 

सडक सुचारु भएपछि बैतडीको पुर्चौंडी र बझाङ जाने तथा बझाङबाट अन्य जिल्लाका लागि छुटेका सवारी साधन गन्तव्यतर्फ लागेका प्रहरी निरीक्षक जोशीले बताए । 

जयपृथ्वी राजमार्ग बेलाबेलामा पहिरोका कारण अवरुद्ध हुने गरेको छ । बर्षातको समयमा राजमार्ग अवरुद्ध हुँदा यात्रुहरुलाई निकै सास्ती हुने गरेको छ । सडक सुधार नहुँदा बर्षातको समयमा अवरुद्ध हुने गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update