सुदूरपश्चिमसहित तीन प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
बैतडी – आज सुदूरपश्चिमसहित कोशी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् सजिना शाक्यले बताइन् ।
उहाँका अनुसार आज हिजो अस्तिको जस्तो अति ठूलो वर्षाको सम्भावना छैन । तर, एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेको छ । यस्तै, राति कोशी र मधेस प्रदेशका एक दुई ठाउँमा मेघगजर्नसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
अस्तिदेखि लगातारजसो परेको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । जोखिममा रहेका ठाउँका बासिन्दालाई सतकर्ता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १०:०७
प्रतिक्रिया दिनुहोस्




