Sagun Khabar
राहत शिक्षक बैतडीको अध्यक्षमा चन्द 

बैतडी –नेपाल राहत शिक्षक जिल्ला कार्य समिति बैतडीको अध्यक्षमा तेजबहादुर चन्द चयन भएका छन् । शनिबार पाटनमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चन्दको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको शिक्षक लोकराज भट्टले जानकारी दिए । 

राहत शिक्षकहरुले आफ्नो हक अधिकारका लागि यो समितिलाई ४ बर्षबाट निरन्तता दिइरहेका छन् । राहत शिक्षक समितिले राहत शिक्षकका समस्या, समाधानका लगायतका बिषयमा पैरवी गर्दै आइरहेको शिक्षक भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update