Sagun Khabar
डिलाशैनीको बजेट ५७ करोड ३७ लाख, सहिद परिवारलाई मासिक ३ हजार भत्ता 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५७ करोड ३७ लाख १ हजार बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि उक्त बजेट गाउँसभाले पारित गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

गाउँपालिकाले शिक्षातर्फ आगामी आर्थिक बर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ भने स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यस्तै खानेपानी तर्फ १ करोड १८ लाख विनियोजन गरेको गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड विनियोजन गरेको छ । 

यस्तै पूर्वाधार विकासतर्फ ५ करोड ९५ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता भट्टले बताए । गाउँपालिकाभरीका सहिदका परिवारलाई मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने बजेटमा घोषणा गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update