Sagun Khabar
बैतडीमा पनि मनाइयो धान दिवस तथा रोपाइँ महोत्सव 

बैतडी –बैतडीमा पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषि ज्ञान केन्द्र बैतडी र पाटन नगरपालिकाको संयुक्त आयोजनामा पाटनमा धान दिवस तथा रोपाइँ महोत्सवको आयोजना गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

किसानहरुको खेतमै गएर धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको उनले बताए । सो अवसरमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, प्रमुख प्रशसकीय अधिकृत अर्जुन शर्मा, कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरी लगायतको सहभागिता रहेको थियो । 

‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । 

धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा किसानहरुलाई विभिन्न प्राविधिक सल्लाहहरु समेत दिइएको कृषि प्रसार अधिकृत चन्दले बताए । 

यस्तै नागार्चन मावि रन्तोलीमा कृषि प्राविधिक अध्ययनरत विद्यार्थीहरुको सहभागितामा धान दिवस मनाइएको विद्यालयका शिक्षक तेजराज भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update