Sagun Khabar
दार्चुलाका तीन स्थानीय तहमा कोरोनाका संक्रमित शून्य 
Atrya hospital

दार्चुला –दार्चुलाका ३ स्थानीय तहमा कोरोनाका बिरामीको संख्या शून्यमा झरेको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, र नौगाड गाउँपालिमा कारोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले  दार्चुलाले जनाएको छ ।

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा भने ३३ जना संक्रमित रहेका छन् । अपि हिमाल गाउँपालिकामा १ जना, महाकाली नगरपालिमा ५ जना, दुहुँ गाउँपालिमा ८ जना, व्याँस गाउँपालिकामा ५ जना, मार्मा गाउँपालिकामा १० जना र शैल्यशिखर नगरपालिमा ४ जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयले  जनाएको छ ।

दार्चुलामा हाल सम्म ३ जना महिला सहित ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update