Sagun Khabar
बझाङदेखि काठमाण्डौं जाँदै गरेको बस दुर्घटना

बैतडी –आज बिहानै बझाङदेखि काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ । कपिलवस्तुको चरोडामा बिहानै ना.६.ख १३३९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बझाङदेखि काठमाडौंका लागि छुटेको बस सडकभन्दा करिब ५ मिटर तल पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा सवार २५ जना मध्ये ४ जना गम्भीर घाइते भएका छन् । बाँकी समान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको उद्वारगरि उपचारको लागि अस्पताल लगिएको छ ।

उक्त बसमा शनिवार १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जाने यात्रु सवार रहेका थिए ।

बिहानै पानी धेरै परेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ भने घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update