Sagun Khabar
एकल महिलाहरुलाई  बाख्रा

बैतडी- बैतडीका एकल महिलाहरुलाई  बाख्रा वितरण गरिएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका  वडा नं  ७ कोटिलामा  एकल महिलाहरुलाई  बाख्रा वितरण गरिएका हुन् ।  

भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएका हुन्  । आय आर्जनमा सहज होस भनेर भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनको  सहयोगमा  बाख्रा वितरण गरिएका   वडा अध्यक्ष धिरेन्द्र बमले बताए ।

 १५ जना एकल  महिलालाई एक÷एक बाख्रा बितरण गरिएका उनले  बताए ।  भेटेरिनरि तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गरेको  छ ।    जिल्लाका अन्य पालिका भित्रका वडामा  पनि  बाख्रा बितरण गरिएका भेटेरिनरि  तथा पशु सेवा विज्ञ  केन्द्र पाटनका प्रमुख गुमानि दत्त पन्तले बताए।

आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले  एकल महिलालाहरुलाई  बाख्रा वितरण हुँदै आएका उनले  बताए ।  बाख्रा पालनबाट एकल महिलाहरुको  आयआर्जनमा टेवा पुग्ने  अपेक्षा गरिएको  छ ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update