बैतडी –नेकपा एमालेका पूर्वमहासचिव मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा बैतडीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘जनताको बहुदलीय जनवाद, आजको सान्दर्भिकता’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मदन भण्डारी फाउण्डेसन जिल्ला कमिटिको आयोजनामा अन्तरक्रिया गरिएको एमालेका जिल्ला कमिटि सचिवालय सदस्य बलभद्र दयालले जानकारी दिए । अन्तरक्रियामा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट, मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य एवं जिल्ला कमिटि उपसचिव सरस्वती नेपाली लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा मदन भण्डारीले पुर्याएको योगदानका बिषयमा छलफल गरिएको दयालले बताए । जनताको बहुदलीय जनबाद नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अपनाउँदै आएका छ ।
वि.सं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो ।




