Sagun Khabar
बैतडीमा बिरुवा रोपेर वृक्षारोपण दिवस मनाइयो  

बैतडी –बैतडीमा वृक्षारोपण दिवसको अवसरमा विभिन्न जातका बिरुवाहरु रोपिएका छन् । दशरथचन्द नगरपालिका वडा नं ४ कठपतेमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए । 

डिभिजन वन कार्यालयको आयोजना र नेपाली सेनाको हनुमानध्वज गुल्मको समन्वयमा वृक्षरोपण कार्यक्रम गरिएको हो । नेपाली सेनाको तालिम गर्ने स्थल कठपतेमा वृक्षारोपण गरिएको कँडेलले बताए । 

कल्की फूल, दालचिनी र टिमुरका गरेर करीब डेढसय बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कँडेलले बताए । ‘सन्ततीका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’भन्ने नाराका साथ छैटौं राष्ट्रिय वृक्षारोपण दिवस मनाइएको हो । 

वृक्षारोपण कार्यक्रमममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति, नेपाल प्रहरी, सशस्त्र प्रहरी,जनप्रतिनिधि र स्थानीय नागरिकको सहभागिता रहेको थियो । 

बैतडीमा कुल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको भएपनि उत्पादनमूलक वन नहुँदा खासै लाभ लिन नसकिएको डिभिजन वन कार्यालयका प्रमुख कँडेलले बताए । वनबाट आम्दानी गर्ने हिसाबले वन व्यवस्थापनमा सामुदायिक वनहरु समेत लाग्न नसकेका उनको भनाइ छ । 

Birxaropan diwas 11688018059.jpg

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update