Sagun Khabar
पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु 

बैतडी –बैतडीमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन भएको छ । वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो । 

राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ ज्यापुमा गएराति ११ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । 
सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि आज बिहादेखि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक, योगेश खत्रीले जानकारी दिए । पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको र रोकिएका सवारी साधन तथा यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । 

बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध हुने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update