Sagun Khabar
बैतडीको दनपाका मेयरलाई युवाहरुको ज्ञापन पत्र, यस्ता छन्  माग 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिका भित्र गठित  युवाक्लवका पदाधिकारीहरुले ज्ञापन पत्र बुभाएका छन् ।  सबै वडामा गठित  युवाक्लवका  पदाधिकारीहरुले विभिन्न माग राख्दै बुधबार नगरपालिकालाई  ज्ञापन पत्र बुझाए हुन्  ।

विभिन्न माग सहित नगरपालिकालाई ११ बुँदे ज्ञापन पत्र  बुझाइएको दशरथचन्द नगरपालिका वडा नं  १ स्तरिय रचना युवाक्लवका सचिव उमेश बडूले  जानकारी दिए ।

हिंसा तथा हिंसा जन्य गतिविधि विरुद्ध  सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने , गाउँस्तरमा  रहेका परम्परागत सीपहरुलाई प्रोत्साहन गर्न विभिन्न  तालिम तथा कार्यक्रम सञ्चालन गुर्ने पर्ने , बेरोजगार  युवाहरुलाई  रोजगारि दिनु पर्ने , मोबाइल , सिलाईकटाइ तालिम सञ्चालन गर्नुे पर्ने  लगायतका  ११ बुँदे मागहरु  अघि सारेर नगरप्रमुख पुष्कर जोशी (लख्खाभाइ) लाई  ज्ञापन पत्र बुझाइएको उनले  बताए ।

ज्ञापन पत्र बुझदै  मेयर जोशीले  माग सम्बोधान गर्ने बताएका छन् । युवाहरुका जायज माग  प्रति आफु सकारात्मक रहेको  भन्दै  उनले आवश्यक सहयोग गर्ने बचन दिएका युवाक्लवका  पदाधिकारिहरुले बताएका छन् ।

 नगरपालिकाले  आफुहरुका माग सम्बोधन गर्नेु पर्ने युवा प्रविन टेलरले बताए ।  युवाहरुका समस्या  नगरप्रमुख संग भेटघाट तथा छलफल गरेर दर्शाएकाले अगामी दिनमा युवाको  पक्षमा कार्यक्रम सञ्चालन हुनेमा आशावादी रहेको  उनले बताए । 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update