Sagun Khabar
बैतडीको सकार स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

बैतडी- बैतडीको सकार स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको  छ । जिल्लाको  पाटन नगरपालिका –१ को सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा  गरिएको हो ।

बुधबार एक कार्यक्रमको  आयोजना गरेर सकार  स्वास्थ्यचौकीलाइ  नगरपालिकाकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।पोषण स्वास्थ्यका लागि निर्धारण गरिएका १६ वटा सूचक र १० वटा अनिवार्य मापदण्ड पुरा भएपछि बुधबार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको वास्थ्य शाखा प्रमुख महराले बताए ।

स्वास्थ्य कर्मीले तालिम लिएको, स्वास्थ्य संस्थामा पानीको व्यवस्थापन भएको, आवश्यक औजार उपकरणहरू भएको ,औषधी पोषणका लागि चाहिने भिटामिन ए, बालभिटा, जुकाको औषधी पर्याप्त मात्रामा भएको लगायतका स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्डहरू पुरा गरेकाले सकार स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको स्वास्थ्य कार्यालय  बैतडीले  जनाएको  छ ।  

कार्यक्रममा  पाटन नगरपालिकाका नगर प्रमुख , उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य कार्यालय बैतडीका  प्रमुख, वडा अध्यक्ष, स्वास्थ्यकर्मी लगायत स्थानीय नागरिकहरुको  सहभागिता रहेको  थियो । 
 

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update