बैतडी- बैतडीको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालय भवन पहिरोको जोखिममा परेको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ९ स्थित सिद्धेश्वर माविको ३ कोठे भवन पहिरोको जोखिममा परेको हो ।
हिजो र अस्तिको लगातारको वर्षाका कारण भवनको आगन भाँसिएर भवन जोखिममा परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । लगातारको वर्षाको कारण आगन भाँसिन थालेपछि भवन भत्किने अवस्थामा पुगेको उनले बताए ।
फिल्ड र आगन भाँसिएर विद्यालय भवन पहिरोको जोखिममा परेपछि पठनपाठन प्रभावित भएको विद्यालय स्रोतले जनाएको छ । विद्यालय भवन जोखिममा परेको भन्दै विद्यालय परिवारले आवश्यक सहयोगका लागि सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
मनसुन सक्रिय भएर लगातार वर्षा भैरहेकाले पहिरोले विद्यालय भवन भत्किने खतरा बढेको छ ।




