Sagun Khabar
बैतडीमा सुन लगेर महिला सम्पर्क विहिन 

बैतडी- बैतडीमा एक महिला सम्पर्क विहिन भएकी छिन् । जिल्लाको पुर्चौडी  नगरपालिका वडा नं  ६ रपनाका बिमल धानुककी श्रीमती डम्बरा धामी धानुक दुइ दिन देखि सम्पर्क विहिन भएकी हुन् ।

बुहारी १० गते  राति देखि  सम्पर्क विहिन भएकी उनका ससुरा जनक बहादुर धानुकले जानकारी दिए ।  डेढ तोला सुन लगेर बुहारी सम्पर्क विहिन भएकी उनले  बताए । राति  खाना खाएर सुतेकी बुहारी  विहान नभेटिएकी उनको  भनाई  छ । माइति घरमा खरब गर्दा पनि  नआएको खबर प्राप्त भएको  उनले  बताए ।

छोरा भारत भएका बेला बुहारी सुन सहित लत्ताकपडा लगेर सम्पर्क विहिन भएपछि समस्या भएको उनले बताए  । खोजिका लागि  ढोल्यामोड प्रहरीचौकीमा  निवदेन समेत दिएको  पारिवारिक  स्रोतले  जनाएको छ ।

 कसैले  देखेमा नजिकको प्रहरी, अथवा ९८६८७२४८२३ मा सम्पर्क  गरिदिन अनुरोध गरिएको  छ । 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update