Sagun Khabar
बैतडीको  सुर्नया ४ मा  बाल टोल भेला सम्पन्न

बैतडी- बैतडीको  सुर्नया गाउँपालिका ४ मा  बाल टोल भेला  स्म्पन्न भएको  छ ।  मंगलबार   सुर्नया बाल सञ्जालको  वडा नं ४ को आयोजना र  गाउँपालिकाको सहयोगमा वडा नं ४ स्थित राष्ट्रिय मावि फाटीगडामा र  उदयदेव मावि पालिगडामा  बाल टोल भेला सम्पन्न भएको  हो ।

आर्थिक वर्ष २०८०÷८१ मा सुर्नया गाउँपालिकामा  बालबालिकाको अर्थपूर्ण सहभागिता र बालमैत्री पालिका बनाउन बाल टोल भेला गरिएको  सुर्नया बाल सञ्जालका अध्यक्ष निरेश भट्टले जानकारी दिए ।  

आज केहि टोलमा गरिएको  र  अन्य  टोलहरुमा पनि छिट्टै गरिने उनले बताए । बालबालिकाको अर्थपूर्ण सहभागिता गराएर  उनिहरुको  हकअधिकारका लागि आफुहरु लागि परेका अध्यक्ष भट्टले  बताए । कार्यक्रममा सुर्नया बालसञ्जालका  पूर्व अध्यक्ष बिशाल भट्टको  पनि सहभागिता रहेको  थियो ।  

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update