Sagun Khabar
करेन्ट लागेर बैतडीका दुई वर्षीय बालकको मृत्यु

बैतडी- करेन्ट लागेर बैतडीका दुई वर्षीय बालकको मृत्यु भएको छ।  बैतडी घर भएर हाल भीमदत्त नगरपालिका–१० गड्डाचौकी माईती घरमा बस्दै आएकी तुलसी कोलीका दुई वर्षीय छोरा आरबको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर आरब घाइते भएका थिए। उनको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो। 
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update