Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा  भोलि मनोरोग  विशेषज्ञ डाक्टर  आउदैँ

बैतडी– जिल्ला अस्पताल बैतडीमा भोलि  मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको  छ । भोलि बुधवार  असार  १३ गते शिविर सञ्चालन हुने  भएको  हो ।

जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टर आउने अस्पतालले जनाएको  छ ।  भोलि  काठमाण्डौंबाट  जिल्ला अस्पताल बैतडीमा  मनोरोग विशेषज्ञ डाक्टर निराजन भट्टराई आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले जानकारी दिए ।

विशेषज्ञ डाक्टर आउने जनाउदै  जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई सेवा लिन आग्रह गरेको  छ । शिविरमा निशुल्क परीक्षण गरिने  बताइएको  छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update