बैतडी –लघुबित्त बैंकर्स संघले शान्ति सुरक्षाको माग गर्दै सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
लघुवित्त विरुद्धका गतिविधिले कर्मचारीमाथि कालोमोसो र कुटपिट गर्न थालेपछि शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको लक्ष्मी लघुबित्त बित्तीय संस्था बैतडीका प्रबन्ध दलबहादुर थापाले बताए । नेपाल लघुबित्त बैंकर्स संघको केन्द्रीय कार्यक्रम अनुसार ज्ञापन पत्र बुझाइएको उनले बताए ।
लघुवित्त बैंकर्स संघले शान्ति सुरक्षा नभए आफूहरु पनि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । लघुवित्त संस्था विरुद्ध विगतदेखि केही व्यक्ति तथा राजनीतिक समूहले गैरकानुनी काम गरिरहेकाले कारबाही गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनका लागि बैतडीस्थित लघुबित्त बित्तीय संस्थामा कार्यरत प्रमुख तथा प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।




