Sagun Khabar
पाटन–१० मा छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता, टुहुरा बालबालिकालाई ड्रेस 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं १० को कार्यालयले पहिलो छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता वितरण गरेको छ । छोरी जन्माउने आमालाई समाजमा हेलाको दृष्टिकोणले हेर्ने भएकाले त्यस्तो व्यवहारमा परिवर्तन ल्याउनका लागि पहिलो छोरी जन्माउने आमाहरुलाई प्रति आमा एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरेको वडा अध्यक्ष धनबहादुर कुँवरले बताए । 

चालु आर्थिक बर्षमा वडाभरीका पहिलो छोरी जन्माउने सात जना आमाहरुलाई एकहजारका दरले प्रोत्साहन भत्ता वितरण गरेको वडा अध्यक्ष कुँवरले बताए । 

यस्तै वडाभरी रहेका टुहुरा बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । आमा–बुवा नभएका, आमा र बुवा दुइ मध्ये एक नभएका बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । 

वडाभरी रहेका ३३ जना टुहुरा बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गरिएको वडा अध्यक्ष कुँवरले बताए । 

यस्तै हजार दिने आमाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि पोषिलो खानेकुराका साथै सरसफाइका सामग्री वितरण गरिएको वडा सचिव पदमराज भट्टले बताए । सोमबार वडाभरीका ४३ जना हजार दिने आमाहरुलाई अण्डा, चना, पिठो र सरसफाइका सामग्री वितरण गरिएको उनले बताए । 

यस्तै वडाभित्र रहेका ९ जना एचआइभी संक्रमितहरुलाई पनि पोषिलो खानेकुरा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 
1000 aama1687779049.jpg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update