Sagun Khabar
बैतडीको  सुर्नया २ ले गर्याे विद्यालयमा खेलकुद सामग्री वितरण

बैतडी- बैतडीको सुर्नया गाउँपालिका २ ले विद्यालयमा खेलकुद सामग्री वितरण गरेको छ । वडा भित्रका माध्यमिक विद्यालय र आधारभूत विद्यालयमा विभिन्न खेलकुदका सामग्री वितरण गरिएको सुर्नया गाउँपालिका वडा नं २ का वडा प्राविधिक बिष्णु प्रशाद बोकटीले  जानकारी दिए ।

वडाका दुई माध्यमिक विद्यालयमा भलिबल, भलिबल नेट,क्रिकेटका लागि ब्याट,बल, क्रिकेट  म्याट लगायतका खेलकुद सामग्री र पाँच ओटा आधारभूत विद्यालयमा कार्पेट वितरण गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको बजेटबाट खेलकुद सामग्री र कक्षा कोठामा बिच्छाउने  कार्पेट खरिद गरेर  वितरण गरिएका बताइएको छ । खेल प्रति विद्यार्थीहरुको रुचि बढाउन खेलकुद सामग्री र बस्न सहज होस भनेर कार्पेट वितरण गरिएका वडा कार्यालयले जनाएको  छ । 


 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update