Sagun Khabar
बैतडीमा ६ महिनाको अवधिमा ३४ मानव अधिकार उल्लंघनका घटना

बैतडी- बैतडीमा मानव अधिकार उल्लंघनका घट्ना बढ्दै गएका छन् । गएको  ६ महिनामा ३४ वटा मानव अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बैतडीले जनाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय, बैतडीमा आयोजना गरिएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा गोष्ठिमा ६ महिनामा ३४ वटा मानव अधिकार उल्लंघनका  घटना घटेका इन्सेक बैतडीले जनाएको हो  ।

इन्सेकका अनुसार जिल्लामा जनवरी देखी हालसम्म पाँच बालिका बलात्कृत भएका छन् भने एक बालविवाहको घटना भएको छ । यस्तै पाँच महिला पनि  बलात्कृत भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । एक महिला बहुविवाहबाट पीडित भएका प्रतिवेदनमा उल्लेख गरिएको  छ ।  

यस्तै  हत्याका दुई, जातीय विभेदको एक र कुटपीट दुव्र्यवहारका दुई ओटा घटना छ महिनाको अवधिमा भएका इन्सेक प्रतिनिधि नरी बडुले जानकारी दिए ।

कार्यक्रममा जिल्ला न्यायाधीष जयानन्द पनेरु, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, प्रमुख न्यायाधिवक्त, सशस्त्र प्रहरीका डिएसपी, प्रहरी, कानून व्यवसायी, अधिकारकर्मि लगायत पत्रकारहरुको उपस्थिती रहको थियो ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update