Sagun Khabar
महाकालीसहितका नदीमा पानीको बहाव बढ्न सक्ने, सतर्क रहन आग्रह 

बैतडी –निरन्तर भइरहेको वर्षाका कारण महाकालीसहितका नदीहरुमा आकस्मिक बहावको जोखिम रहेको छ । 

सोमवार बिहानको मापन अनुसार महाकाली, कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, बझाङ,अछाम कैलाली र कञ्चनपुर भएर बहने स–साना नदीहरुमा आकस्मिक पानी बहाव बढ्ने छ । यस्तै बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, दोलखा, सिन्धुपाल्चोक र आसपास भई बहने केही स–साना नदीहरूमा पनि आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।

महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन समेत आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update