Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाले ल्यायो ४३ करोड ८२ लाखको बजेट 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४३ करोड ८२ लाख  बढीको बजेट ल्याएको छ । अगामी आर्थिक वर्ष २०८०÷८१ का लागि सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले  ४३ करोड ८२ लाख ३१ हजार ८ सय बराबरको बजेट गाउँसभामा पेश गरेकी छिन् । 

चालुतर्फ ३३ करोड ८९ लाख २४ हजार ८ सय र पूँजीगततर्फ तर्फ ९ करोड ९३ लाख ७ हजार बराबरको बजेट विनियोजन गरिएको उपाध्यक्ष धामीले बताइन् । 

गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर शिक्षा स्वास्थ्य, यातायात र कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update