Sagun Khabar
पञ्चेश्वरको बजेट ३८ करोड ७३ लाख 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३८ करोड ७३ लाख ७२ हजार २ सय बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि अनुमानित बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । 

गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्दै उनले कृषि र विद्युतीकरणलाई पालिकाले प्राथमिकतामा राखेको उनले बताइन् । 

सभामा प्रस्तुत गरिएको बजेटलाई क्षेत्रगत हिसाबले असार २५ गतेभित्र विनियोजन गरेर पारित गरिने समेत उनले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update