Sagun Khabar
दशरथचन्द नगरपालिकाले ८२ करोड १७ लाखको बजेट ल्यायो 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरेकी हुन् । 

नगरपालिकाले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको नगरपालिकाका प्रवक्ता अजबहादुर पाण्डेले जानकारी दिए । 

नगरपालिकाले पूँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ रुपैंया बजेट विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख विनियोजन गरेको छ । 

यस्तै पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख विनियोजन गरेको प्रवक्ता पाण्डेले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update