Sagun Khabar
गीतादेवी मल्ल मृत्यु प्रकरण : झण्डै दुई बर्षपछि मेलौलीका गोरख दयाल पक्राउ 

बैतडी –डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ बर्षीया गीतादेवी मल्ल मृत्यु प्रकरणमा प्रहरीले झण्डै दुई बर्षपछि एकजनालाई पक्राउ गरेको छ । मेलौली नगरपालिकाका ४४ बर्षीय गोरख दयाललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई यही असार ३ गते पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

२०७८ साल साउन ८ गते गीता मृत अवस्थामा फेला परेकी थिइन् । बैतडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मृत अवस्थामा फेला परेपछि प्रहरीले सो घटनाको अनुसन्धान गरीरहेको थियो । गीताको शव मेलौली नगरपालिका ७ ल्वाथलीमा फेला परेको थियो । 

गीताको शव आफूले फालेको दयालले प्रहरी समक्ष बयान दिएका छन् । तर उनको मृत्युको कारण भने अझै खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनलाई मारेर फालेको हो अथवा अन्य केही कारण हो भन्ने बिषयमा खुल्न बाँकी रहेको उनको भनाइ रहेको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update