Sagun Khabar
अनेम संघ सुदूरपश्चिमको उपाध्यक्षमा बैतडीकी बीना भट्ट चयन 

बैतडी –नेकपा एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम उपाध्यक्षमा बैतडीकी बीना भट्ट चयन भएकी छिन् । कैलालीको धनगढीमा सम्पन्न भएको संघको प्रथम प्रदेश अधिवेशनले झुमा चौधरीको अध्यक्षतामा नयाँ कमिटि चयन गरेको छ । 

अखिल नेपाल महिला संघको प्रदेश कमिटिको उपाध्यक्षमा चयन भएकी बीना भट्ट बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी छिन् । उनी दोश्रो पटक पालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । 

अखिल नेपाल महिला संघमा आवद्ध भट्ट प्रदेश कमिटिको प्रथम अधिवेशनबाट संघको उपाध्यक्षमा चयन भएकी छिन् । यस्तै सचिवमा खेमा चन्द चयन भएकी छन् भने बैतडीबाट आसा पाल, हेमा भट्ट कपाडी, मञ्जु भट्ट र बिन्दु सार्की सदस्यमा चयन भएका छन् । 
 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update