Sagun Khabar
बैतडीमा मिनी ट्रक दुर्घटना 

बैतडी – बैतडीमा मिनि ट्रक दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्ग अन्तर्गत खोड्पे–पाटन सडकखण्डको पाटन नगरपालिका ६ हिरापुर नजिकै पाटन देखि धनगढी जादै गरेको सु.प.प्र.०१–००१क२०७६ नम्बरको मिनि ट्रक शुक्रबार दिउँसो  दुर्घटनामा परेको हो । 

पाटन नगरपालिका ६ घर भएका विष्णु पन्तले चलाएको ट्रकमा चालकसहित दुई जना सवार रहेको र उनीहरु सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

मिनि ट्रक सडकबाट अनियन्त्रित भएर ३० मिटर तल खसेको छ । दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update