Sagun Khabar
चट्याङ परेर बैतडीको एक घरमा क्षति 

बैतडी–चट्याङले बैतडीमा एक घरमा क्षति पुर्याएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं ३ बोहरीगाउँस्थित कालुसिंह बोहराको नयाँ निर्माण गरिएको घरमा गएराति ११ बजेतिर चट्याङ परेको हो । 

चट्याङले नयाँ घरको छतमा चीरा परेको छ भने कोठाहरुमा पनि चीरा परेको बोहराका छोरा चन्द्र बोहराले बताए । भर्खरै नयाँ निर्माण भएको घरमा कोही नबस्ने भएकाले मानवीय क्षति भने नभएको उनले बताए । 

यसअघि बुधबार राति पुर्चौंडी नगरपालिका १ कनेडापानीका प्रेमसिंह भण्डारीको घर नजिकै रहेको विद्युतको तारमा चट्याङ पर्दा उनको गोठमा बाँधेका दुई भैंसी र एक बाख्राको मृत्यु भएको थियो । 

यस्तै चट्याङले भण्डारीको घरमा गरिएको विद्युत वाइरिङ नष्ट हुनुका साथै मिटर बक्स र दुईओटा मोबाइल जलेर नष्ट भएका थिए । 

मनसुन सक्रिय भएर बर्षासंगै पर्ने चट्याङले क्षति गर्दै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update