बैतडी –बैतडीको दशरथचन्द गरपालिका वडा नं १ मा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ । संघीय सरकारको सहयोगमा वडा भित्रका ७ जना अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायक सामग्री वितरण गरिएको अपाङ्गता भएका नागरिकहरुको पुनस्र्थापना केन्द्रका अध्यक्ष अम्बादत्त भट्टले जानकारी दिए ।
दुइ दिने क्षमता अभिवृद्धि तालिम तथा छाउपडि प्रथा सम्बन्धि सचेतना कार्यक्रमको समापन सत्रमा सहायक सामग्री वितरण गरिएका उनले बताए ।
१ जनालाई ह्वीलचेयर, ३ जनालाई वैशाखी, जनालाई सेतोछडी र एक जनालाई करतेस वितरण गरिएको भट्टले बताए ।
तालिममा अपांगता परिचयपत्र प्राप्तिका बिषयमा जानकारी दिनुका साथै अपांगता भएका व्यक्तिहरुका अधिकार, बनेका कानुन र अन्तरर्राष्ट्रिय सन्धी सम्झौताका बिषयमा जानकारी दिइएको छ ।




