पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक
बैतडी –पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पत्नी शोक परेको छ । पूर्व प्रधानमन्त्री चन्दकी पत्नी एवं पुर्वमन्त्री जयन्त बहादुर चन्दकी आमा दिव्येश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।
बैतडीको सुर्नया गाउँपालिका २ कुरकुँट्या घर भएको चन्द परिवार हाल भक्तपुरको लोकन्थलीमा बस्दै आएको छ । पूर्व प्रधानमन्त्री चन्द पत्नी दिव्येश्वरीको लोकन्थलीमै निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ०९:३४
प्रतिक्रिया दिनुहोस्




