बैतडी –बैतडीको पुर्चाैडी नगरपालिकामा बिहीबारदेखि विशेषज्ञ स्वास्थ्य शिविर शुरु भएको छ । डिलेश्वरी मावि हाटमा शुरु भएको शिविर शुक्रबार सम्म चल्नेछ ।
शिविरमा पहिलो दिन ३ सय ५ जना पुरुष र २ सय ९० जना महिला गरी ५ सय ९५ जनाले सेवा लिएका पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।
शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री रोग, बाल रोग, दन्त रोग, जनरल सर्जरी, नाक,कान तथा घाँटी रोग, मानसिक रोग, आयुर्वेद, छाला रोग र आँखा रोग बिशेषज्ञहरुले सेवा दिइरहेका छन् ।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना, स्वास्थ्य कार्यालय बैतडी र पुर्चौंडी नगरपालिकाको व्यवस्थापकीय सहयोगमा शिविर सञ्चालन भइरहेको हो । शिविरमा कोहलपुर मेडिकल कलेजका बिशेषज्ञहरुले सेवा दिइरहेका कुँवरले बताए ।
दुर्गम क्षेत्रका नागरिकलाई उनीहरुकै पायक पर्ने स्थानमा बिशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।




