Sagun Khabar
दशरथचन्द नगरपालिकाकी उपप्रमुख चन्दले मागिन् क्षमा 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले क्षमा मागेकी छिन् । गएको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् । 

बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारमा कतै जातीय विभेद गर्ने जस्तो आशय महसुस भएको भए उपप्रमुख र नेताको रुपमा माफी मागेको उल्लेख गरिएको छ । 

बुधबार जारी प्रेस विज्ञप्तीमा लेखिएको छ ‘यदि मेरो भनाई र व्यवहारमा कहि कतै जातीय विभेद गर्ने आशयको जस्तो महशूस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्दै नगर उप–प्रमुख र यहाँको नेताको रुपमा क्षमा चाहन्छु ।’ 

यसअघि ३२जेठमा उनले नै जारी गरेको विज्ञप्तीमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तीमा आफुलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । 

चन्दले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त बिषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ती जारी गर्दै चन्दलाई कारवाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update