Sagun Khabar
बैतडीको मेलौलीमा जनशक्तिको अभावमा एक्सरे मेसिन थन्कियो 

बैतडी –बैतडीको मेलौलीस्थित केशरपुर स्वास्थ्यकेन्द्रमा जनशक्तिको अभावमा एक्सरे मेसिन थन्किएको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सेर मेसिन सञ्चालनमा नआउँदा नागरिकलाई भने समस्या भएको छ । 

एक्सरे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर आवश्यक पर्ने र रेडियो ग्राफर नहुँदा एक्सरे मेसिन थन्किएको केशरपुर स्वास्थ्यकेन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । एक्सरे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन भएपनि सञ्चालन गर्ने जनशक्तिको अभावमा थन्किएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियो ग्राफर राख्नका लागि नगरपालिकालाई समेत आग्रह गरिएको दयालले बताए । 

एक्सरे मेसिन सञ्चालन नहुँदा समान्य चोट पटक लागेका बिरामीहरुको चेकजाँचमा समेत समस्या भएको छ । तालिम प्राप्त जनशक्तिले एक्सरे मेसिन चलाउँदा अन्य समस्या निम्तिने भएकाले यसका लागि तालिम प्राप्त जनशक्ति आवश्यक रहेको बताइएको छ । 

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ । स्वास्थ्य केन्द्रमा रेडियो ग्राफरको व्यवस्था गरेर एक्सरे मेसिन सञ्चालनमा ल्याउनुपर्ने स्थानीयबासीहरुको माग रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update