Sagun Khabar
अन्तर्राष्ट्रिय योग दिवसः बैतडीमा योगाभ्यास गरेर मनाइयो 

बैतडी- बैतडीमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला स्तरिय योग समारोह बैतडीको  आयोजनामा बुधबार अनौपचारि रुपमा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईको हो । 

दशरथचन्द नगरपालिका आयुर्वेद शाखा बैतडीको आयोजनामा जेठ २९ गते देखि सञ्चालन  भएको योग शिविरको आज अन्तर्राष्ट्रिय  योग दिवसका दिन भव्यताका साथ समापन गरिएको  दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । दिवसको अवसरमा योगको महत्वका बारेमा जानकारी दिनुका साथै विभिन्न योगहरु गरिएका उनले  बताए ।

अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुष्कर जोशी लगायतका अन्य  कर्मचारी र स्थानीय नागरिकहरुको  सहभागिता रहेको थियो । विभिन्न किसिमका योगाभ्यासहरु गरे दिवस मनाइएको छ ।  पछिल्लो समयमा योगप्रति मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

योगले मानिसका विभिन्न समस्याहरु समाधान गर्ने भएकाले मानव जीवनमा योगको ठूलो महत्व रहेको योगले मानिसलाई मानसिक शान्ति समेत दिने गरेको दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए  । 

यस्तै अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बैतडीका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षाका बारेमा जानकारी दिइएको छ । दशरथचन्द नगरपालिकाले  असार १ गते देखि विद्यालय स्तरमा योग अभ्यास गराइ रहेको  थियो  । व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधनको  रुपमा  योग मानिन्छ । 

योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ । पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको  छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको  आयुर्बेदिक चिकित्सकहरुको  भनाई  छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने उनिहरुले बताए  ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update