Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा असार १३ गते मनोरोग  विशेषज्ञ डाक्टर आउने 

बैतडी- जिल्ला अस्पताल बैतडीमा मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको  छ । यहि असार  १३ गते शिविर  सञ्चालन हुने  जिल्ला अस्पताल बैतडीले जनाएको  छ ।  

आउँदो असार १३ गते काठमाण्डौंबाट  जिल्ला अस्पताल बैतडीमा  मनोरोग विशेषज्ञ डाक्टर निराजन भट्टराई आउने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्र सिंह दोबालले जानकारी दिए ।

मानसिक स्वास्थ्य शिविर  लाग्ने  भन्दै  जिल्ला अस्पताल बैतडीले समस्या भएकालाई सेवा लिन आग्रह गरेका छन् । शिविरमा निशुल्क परीक्षण गरिने  बताइएको  छ । 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update