Sagun Khabar
असारमा तालिम दिदै स्थानीय सरकार, बजेट सिद्धाउन तालिमका अनेक प्रकार

बैतडी- आर्थिक वर्षको अन्तिम महिनामा अहिले  स्थानीय सरकारहरु बजेट सिद्धाउन लागि परेका छन् । बैतडीका स्थानीयतहरु पनि असारको महिनामा थरिथरिका कार्यक्रम आयोजना गरेर बजेट सिद्धाउदै छन ।

स्थानीयतहमा अहिले तालिमका अनेक नाम दिएर बजेट सक्ने काम भैरहेका हुन् । कुनै ठाउँमा दुइ दिने छन त कुनै कुनै ठाउँमा एक दिने  तालिम आयोजना भएका छन् । उपलब्धिहिन तालिम सञ्चालन गरेर बजेट सक्ने काम भैरहेको स्थानीय युवाहरुले बताए । 

Atrya hospital

लक्षित  वर्गहरुका लागि  तालिम भनेर बजेट विनियोजन हुने र मासुभात खाएर बजेट सक्ने काम भैरहेको  स्थानीय  प्रकाश भट्टले  बताए । कतै  खेलकुद सम्बन्धिका त कतै अपाँगता सम्बन्धिका तालिम आयोजना भएका  छन । कुनै  ठाउँमा जनचेतना मुलक कार्यक्रम आयोजन गरिएका छन् भने क्षमता अभिवृद्धि, अन्तरक्रिय  र अभिमुखिकरणका नामा पनि अहिले बजेट सिद्धाउने काम भैरहेको हो ।

सो कार्यक्रमहरुमा पालिकाका सबै जनप्रतिनिधि र  कर्मचारी भत्ता पचाउनमा लागि परेका बताइएको छ । सीप विकासका तालिम भनेर बैतडीमा  प्रत्येक वर्ष  ठुलो बजेट खर्च हुँदै  आएको  छ । तर ती तालिमको पनि अपेक्षीत नतिजा भने अहिले सम्म नदेखिएको स्थानी युवाहरुले बताए । स्थानीय तहहरुले  सञ्चालन गरेका सिलाईकटाई हातेहोजियारि,लगायतका सीप विकास तालिम पनि भत्ता र खाजामा सिमित हुने गरेका छन् ।

यती मात्रै नभएर असारमै योजना सम्झौत गर्ने र अहिले नै कार्यान्वन गर्ने  काम पनि स्थानीय तहमा भैरहेका  छन् । असारे प्रवृत्ति अझै हट्न सकेको छैन् । अरु समय मौन बसेका स्थानीयतह अहिले असारको महिना बजेट सिद्धाउन लागि परेका हुन् । स्थानीयतहको असारे प्रवृत्तिले दिगो र प्रभावकारी काम हुृने गरेको  छैन् । 


 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update