Sagun Khabar
बलात्कारपछि महिलाको हत्या 

भारतमा डोटीकी एक महिलाको बलात्कारपछि हत्या गरिएको छ। डोटीको शिखर नगरपालिका सुर्कालकी पार्टीको भारतको गुजरातस्थित वापीमा हत्या भएको हो।

उनको शव गत जेठ ३० गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनी पति अर्जुन पार्कीसहित छोरीहरुसँग विगत ४ महिनादेखि बसिरेकी थिइन्। पति एक होटलमा काम गर्ने गरेको र घटनाको रात पनि होटलमै रहेका थिए।

तीन छोरी साथमा रहेको बेला कोठामा ३ जना  अज्ञातव्यक्ति प्रवेश गरी बलात्कारपछि लक्ष्मीको हत्या गरेको आफन्तले बताएका छन्। भारतीय प्रहरीले तिनै आरोपितलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको मृतकका आफन्तले बताएका छन्। उनको शव बुझेर अन्तिम संस्कार गरिसकिएको छ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update