Sagun Khabar
सेती नदीमा डुबेर डोटीका  एक युवकको मृत्यु 

डोटी- डोटीमा सेती नदीमा नुहाउने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका–४ सानागाउँका अन्दाजी ३८ बर्षका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले बताए।

 खड्काको दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्युु भएको हो। डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानीयको खोजिकार्य पछि शव फेला परेको हो।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update