मुक्तक
शान्त ठाउँ अनि बेमौसमी झरी पर्यो म के गरौं
दुख्ने मनलाइ आघात पार्ने गरि पर्यो म के गरौं ।।
दुखेकोे घाउहरुमा मलम लाउन खोज्दै थिए
दुखाइ कम भाकै बेला झन बेस्सरी पर्यो म के गरौं ।।
गजल
समय संगै पलपल मरिरहेको छ मान्छे
नबुझेर भ्रममा परिरहेको छ मान्छे ।।
असल अनि खराब छुट्टिन्छ र कसरी
गाह्रो छ चिन्न तस्बिरमा छलिरहेको मान्छे।।
श्वास पनि आफ्नो वसमा छैन नि त यहाँ
घमण्डको रापमा जलिरहेको छ मान्छे ।।
नजरमा दुनियाँ सजाएर दंग के पर्नु
मृत्युको सुसेलीमा चलिरहेको छ मान्छे ।।
लेखक : लक्ष्मण बिसी बैतडीका सक्रिय पत्रकार हुन ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १९:४०
प्रतिक्रिया दिनुहोस्