दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिकाले अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालन गर्ने भएको छ । ७ हजार १३२ मिटर उचाइमा रहेको अपि बेश क्याम्पमा आन्तरिक तथा बाह्य पयर्टकको आवागमन बढाउने उद्देश्य सहित भ्रमण सप्ताह सञ्चालन गर्ने तयारी भएको अपिहिमाल गाउँपालिकाले जनाएको छ ।
यही वैशाख १४ गतेदेखि अपि बेश क्याम्प भ्रमण सप्ताह सञ्चालनको तयारी भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए । अपिहिमालको प्रचारप्रसार गर्ने उद्देश्यसहित भ्रमण सप्ताहको आयोजना गर्न लागिएको हो ।
अपिहिमाल प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकहरुको आवागमनका लागि अपि बेश क्याम्प भ्रमण सप्ताहको आयोजना गर्ने तयारी भएको हो । अपिहिमालमा लाखौं मूल्यका जडीबुटी पाइनुका साथै अतुलनीय प्राकृतिक छटाहरु रहेका अध्यक्ष बोहराले बताए ।
अपि बेश क्याम्प भ्रमण सप्ताहमा सरीक हुन समेत उनले सबैलाई आग्रह गरेका छन् ।