कैलाली –कैलालीकी मुनु अधिकारी पोइट आइडियलको उत्कृष्ट छ भित्र पर्न सफल भएकी छिन् । घोडाघोडी नगरपालिका–१ सुखड घर भएकी मुनु कवितामा आधारित नेपालकै पहिलो रियालिटी शो पोइट आइडियलमा उत्कृष्ट छ जनामा पर्न सफल भएकी हुन् ।
सयौं प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम १४ जनामा उत्कृष्ट ६ जनाभित्र मुनु पर्न सफल भएकी हुन् ।
मुनुले ‘मेरा आँखाहरु सायद मेरै मृत्युको साक्षी बस्न चाहेनन्, म हत्यारा हुँ, चमेलीको रातो रिबन, म आफैले आफैलाई निर्धक्क मारेको हेर्न सकेनन् लगायत थुप्रै मर्मस्पर्शी कविताले निर्णायकसँगै दर्शकहरुको मन जितेकी छन् ।
एपी वान टेलीभिजनमा हरेक हप्ता बिहीबार र शुक्रबार राति ८ः३० बजे पोइट आइडियल रियालिटी सो प्रशारण हुँदैआएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९ १७:२१
प्रतिक्रिया दिनुहोस्