Sagun Khabar
अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ

अछाम- अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ मंगलसेन बजारबाट लागु औषध (खैरो हिरोइनसहिन)सहित २८ वर्षिया महिलालाई पक्राउ गरिएको हो। अछाम प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन्।

प्रहरीका अनुसार आठ सय १० मिलिग्राम खैरो हिरोइनसहित महिला पक्राउ परेकी हुन्। आइतबार उनलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update