युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा रुसी सेनाले युक्रेनका विभिन्न सहरमा निरन्तर आक्रमण जारी राखेको छ ।
युद्ध तत्काल अन्त्य हुने कुनै सम्भावना देखिएको छैन । एक वर्षको अवधिमा रुसका १ लाख ३७ हजार ७ सय ८० सैनिक मारिएको युक्रेनी सेनाले दाबी गरेको छ । अमेरिकाले यो युद्धमा रुस र युक्रेनका एक लाख सैनिक मारिएको र झण्डै एक लाख सैनिक घाइते वा बेपत्ता भएको प्रक्षेपण गरेको छ ।
गत वर्षको सेप्टेम्बर २१ मा अमेरिकी रक्षामन्त्री सर्गेई सोइगुले ५ हजार ९ सय ३७ रुसी सैनिक मारिएको बताएका थिए । त्यही अवधिमा १२ हजार ५ सय ३८ रुसी सैनिक मारिएको बीबीसीको तथ्यांक थियो। तर यी दुवै तथ्यांकको स्वतन्त्र पुष्टि भने हुन सकेको थिएन ।
दुवै देशले आफ्नो सैन्य क्षतिको स्पष्ट विवरण सार्वजनिक गरेका छैनन् । यसैबीच संयुक्त राष्ट्र संघको महासभामा युक्रेन आक्रमणविरुद्ध निन्दा प्रस्ताव पारित भएको छ । निन्दा प्रस्तावको पक्षमा राष्ट्र संघका १ सय ४१ सदस्यले समर्थन गरेका छन् ।
३२ देश मतदानमा सहभागी भएनन् भने रुससहित ७ देशले यसको विपक्षमा मतदान गरेका छन् । महासभाले युक्रेनबाट सैनिक फिर्ता गर्न र युद्ध रोक्न आहग्र गरेको छ ।